0 COMMENTS

20150122gachhadars-proposal-rekindles-hope-600x0काठमाडौ, बैशाख ४ –मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) को प्रथम राष्ट्रिय सम्मेलन यही वैशाख २० देखि २२ गतेसम्म विरानगरमा हुने भएको छ ।

महाधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकारसम्मेलनमा उक्त पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयनसँगै मुलुकको शान्ति, विकास, राजनीतिक स्थायित्व र राष्ट्रिय एकता देशको अहिलेको आवश्यकता भएको बताए ।

लामो समयदेखि विभेदमा परेका महिला, मधेसी, थारु, जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यक तथा पिछडा वर्गका मुद्दालाई सम्बोधन गर्नेमा महाधिवेशन केन्द्रित हुने उनले जानकारी दिए ।

पुनःआन्दोलनको घोषणा गरेका मधेसी मोर्चालगायत दललाई वार्ता र संवादको माध्यमबाटै समस्या समाधान गर्न सकिने भन्दै उनले त्यसनिम्ति संविधान संशोधन गर्नुको विकल्प नरहेको बताए ।

“आन्दोलन गर्नु उहाँहरुको लोकतान्त्रिक अधिकार हो, तर अहिले आन्दोलन गरेर देशलाई अप्ठ्यारो पार्नुहुन्न”–आफ्नो दलसमेत आठ प्रदेशको पक्षमा रहेको र त्यसनिम्ति क्रियाशील रहेको जानकारी दिँदै अध्यक्ष गच्छदारले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।