0 COMMENTS

Pashupati-Shamsher-Ranaकाठमाडौँ, वैशाख ४। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले भूकम्पपछिको पुनःनिर्माण, कालोबजारी नियन्त्रण र आन्दोलनरत दलसँगको वार्ता निष्कर्षमा पुर्याउने मामिलामा सरकारबाट कमजोरी भएको बताएका छन् ।

नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने– ‘मुलुक अहिले असजिलो परिस्थितिमा अघि बढिरहेको छ, राप्रपा अहिले हैरान साझेदारको रुपमा मात्र सरकारमा सहभागी छ । अन्तर्राष्ट्रिय समुदायबाट ठूलो परिमाणको रकम सहयोगको प्रतिबद्धता भए पनि भूकम्प गएको एक वर्ष पुग्दासमेत कुनै पनि काम अघि बढ्न नसक्नु भनेको अत्यन्त दयनीय परिस्थिति भएको टिप्पणी गर्दै नेता राणाले सरकारले ठिक ढङ्गबाट काम गर्न नसक्दा दाताहरुले प्रतिबद्धता गरेको रकम फिर्ता लाने हुन कि भन्ने चिन्ता बढेको प्रतिक्रिया दिए ।

विसं १९९० को महाभूकम्प गएको तीन महिनाभित्रै स्वदेशी पुँजी सङ्कलन गरी पुनःनिर्माणको कार्यथालनी गरी चार वर्षभित्र सम्पूर्ण काम फत्ते गरेको घटनाको स्मरण गराउँदै उनले भूकम्पको विपत्तिमा परेका जनतालाई छिटो राहत प्रदानगर्नु त परै जाओस भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कार्यकारी नियुक्तिको राजनीतिक भागबण्डामै प्रमुख दलहरुले धेरै समय खर्च गरेको भनी आलोचना गरे ।

मधेस आन्दोलनमा रहेका दलसँग वार्ता र सम्वाद किन हुन सकिरहेको छैन भनी प्रश्न गर्दै नेता राणाले आन्दोलनरत् पक्षले उठाएका मागलाई सम्बोधन गर्न लचिलो भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।