0 COMMENTS

BHUKAMPAटोकियो , बैशाख ३ –जापानमा बिहिबार साँझ आएको भूकम्प बाट ९ जनको मृत्यु भएको छ । दक्षिणी जापानमा ६.५ रेक्टर स्केलको भूकम्पबाट ८०० जना भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय संचार सस्था एपीका अनुसार लगभग ४४ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । जापानको सरकारले १६ सयभन्दा बढी सुरक्षकर्मीहरुलाई राहत र उद्दार कार्यमा खटाएको जनाएको छ । भूकम्पमा घाइते मध्ये ५३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

जापानको भूकम्प मापन केन्द्रले जनाए अनुसार जापानको क्युशु आइल्याण्डको कुमामोटो शहरको नजिकै केन्द्र बिन्दु रहेको भूकम्पको गहिराई जमिन बाट ११ किलोमिटर तल मात्र रहेको थियो । जापानी भूकम्प मापन केन्द्रका अनुसार त्यसपछि पनि ६.२ रेक्टर स्केलको दोस्रो भूकम्प आएको बताएको छ ।- एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।