माओसेतुङ्ले कम्युनिस्ट हरु लाई प्याज को दाना संग तुलना गर्थे।माओ भन्थे कम्युनिस्ट सबै भन्दा असल हुन्छन बिग्रीए भने सबै भन्दा खराब भएर बाहिरिन्छन। उनको स्पस्ट मत थियो सर्बहारा दृस्ठिकोण को परित्याग नै कुहिएको प्याज जस्तै हो।उनको बिचार मा प्याज ताजा रहुञ्जेल जति सुगन्धित हुन्छ कुहिएपछी सुगन्ध दुर्गन्ध मा बद्लिन्छ।कम्युनिस्ट नेता र कार्यकर्ता पनि त्यस्तै हुन जति बेला सम्म कम्युनिस्ट आचरण र दृस्ठिकोण मा रहन्छन तब सम्म मानव मुक्ति का निम्ती समर्पित योद्धा हुन्छन तर जब बर्ग परित्याग गर्दै पुजिबाद को कित्तामा पुग्छन उनीहरुको मानब मुक्तिको सपना समबृदी र ब्यक्ति बादी दृस्ठिकोण बद्लिन्छ ।
त्यसैले माओले सुगन्धित र दुर्गन्धित प्याज संग तुलना गर्थे।बिश्व ईतिहासमा हेर्ने हो भने बाबुराम नै यस्ता नेता हुन जस्ले ४० बर्ष लामो कम्युनिस्ट आन्दोलन र आदर्श माथी लात हान्दै पुजीवादी शिबिर मा फडको हाने।दक्षिण बामपंथी प्रतिनिधि पात्रका रूपमा चिनिने बर्नस्टिन,बाकुनिन,पुध्रो,लासल,मार्तोभ जिनानोभ,कामानोभ,प्लेखानोभ,लिलिसान,तेङ्साओपिङ ,लिनपियाओ कसैले पनि खुले आम कम्युनिस्ट आन्दोलन परित्याग को घोषणा गरेनन।
यि सबै नेताले कम्युनिस्ट आन्दोलन को बिकास भौगोलिकता वा प्रजातान्त्रिक करण कै नाममा सर्बहारा आन्दोलन माथी धोकाको राजनीति गरे।तर बाबुराम नै यस्ता नेता हुन जस्ले खुलेआम माक्र्सवाद परित्याग को घोषणा गरे।सर्बहारा राजनीति बाट अलग भए!एमाओबादी परित्याग बाबुराम को स्वाबिबेक को परिणाम हो ।तर संविधान निर्माण मा ज्यान फालेर होमिएका भट्टराई दिल्ली को स्वार्थमा धक्का लाग्ने बित्तिकै नयाँ संविधान लाई आधा भरिएको गिलास को पानीको संज्ञा दिनु संयोग पक्कै राम्रो होईन त्यस्माथी कम्युनिस्ट आन्दोलन परित्याग को परिघटना बाबुराम को पुजीवादी सिबिर को प्रबेशको योजना बद्द सोच दृस्ठिकोण कै परिणाम हो।जति सुकै नयाँ पृथक मान्यताको रूपमा नयाँ शक्ति को नारा अघि सारिएको भए पनि बिश्व मान चित्रका दुई शिबिर मध्ये बाबुराम न्यायको शिबिर बाट अन्यायको शिबिर मा प्रबेश गरेका हुन।
आबरण मा देखिने सुशासन सदाचारको हल्ला र तर्क दुनियाँमा गरिदै आएका नयाँ नयाँ कुर्तकहरुको पुनरावृत्ति नै छ।बाबुरामको अन्धसमर्थन गर्नेहरु ठान्छन बाबुराम ले जतिसुकै राम्रो काम गरुन उनको आलोचना गर्नै पर्छ भन्ने घातक सोच नेपाली जनतामा छ।तर बास्तबिकता त्यस्तो होईन बाबुराम जिवन मरणको संघर्ष बाट सर्बहारा राजनीतिको केन्द्र मा पुगेका नेता हुन।जब उचाइमा बर्गिय दृस्ठिकोण ले १८० डिग्रीको फन्को हान्छ त्यती बेला उनि जनताका नेता हुन सक्दैनन। अहिले उनि जनताका नेता होइनन् ।तसर्थ जनताको आखामा उनले चालेका कदमहरु जनता र राष्ट्रियताक विरुद्ध मा छन।यो यथार्थ लाई उनले स्वीकार गर्न सक्दैनन किनकि उनि सर्बहारा कम्युनिस्ट मा छैनन।बर्गिय दृस्ठिकोण लाई अलग राखेर बाबुरामको सोचको बिश्लेण गर्ने हो भने उनि आर्थिक समबृदिको सपना देख्छन कम्युनिस्ट आन्दोलन यस्तो आन्दोलन हो जस्ले समबृदी लाई समानता संग जोडन चाहन्छ।समानता बिनाको समबृदी बहुसंख्यक नागरिक हित विरुद्धको हतियार ठान्दछन ।
आज जहाँ बाबुराम उभिएका छन उनि समबृदिको सपनामा उभिएका छन ।त्यसैले न्याय र समानताको सपना परित्याग गरि सकेका छन।तसर्थ उनको आलोचना र समर्थन कुनै ब्यक्तिगत र पुर्वाग्रह नियतको बिषय बन्दैन !बरु बर्गिय दृस्ठिकोण पदधरताको विषय बन्न जान्छ। दोस्रो संविधान सभाको निर्वाचन मा प्रचण्ड र बाबुराम दुबैले बहुमत को सपना देखेका थिए ।त्यही बिश्वास का आधारमा नेताहरु देश दौडाह र निर्वाचन मा होमिएका थिए।जब परिणाम उनको बिश्लेण बिपरित आयो । त्यसैले बाबुराम निराशा को चरमत्कोर्स मा पुगे ।बाबुराम को दृस्ठि ले एमाओबादी मै रहेर सत्ताको केन्द्रमा पुग्ने कल्पना समेत गर्न सकेन।त्यसै समय देखी बाबुराम को दिमागमा अबदुत नयाँ शक्ति को भुत सवार भयो जस्ले सिद्धान्त बिचार र दृस्ठिकोण का सबै पर्खाल भत्काउदै शक्तिशाली एकमात्र सपनाको खेती सुरु गर्यो । पछिल्लो काल बाबुराम का दुई बाणि खुब चर्चामा रहे ।
नयाँ शक्ति अभियान्तहरु भन्थे हामी देशको तेस्रो शक्ति भयौ अबको केहि समय मै पहिलो शक्ति हुनेछौ ?बाबुराम को दोश्रो बाणि थियो। नयाँ शक्ति मा २०।२० बर्ष को युवापनी पोलिटब्युरो सदस्य हुन सक्छन ।बाबुराम २ बाणिको खुब चर्चा चल्यो ।युवाहरु राजनीति को केन्द्रमा आउनु पर्ने मत को घनत्व भएको बेला उनका बाणिहरु अधिक बिकाउ भए।तर जब बाबुराम ले ३५ सदस्यीय आफ्नो टिम सार्वजनिक गरे उनले भनेका युवाहरु पिधमा परे।बरु सेवा निबृतहरु राजनितिको केन्द्रमा देखिए।कतिपय भन्ने गर्छन अब नयाँ शक्ति बन्ने छ तर उनिहरु राजनीतिको गहिराईमा कमै पुग्ने गरेका छन।भन्न जति सजिलो छ नयाँ शक्ति बन्न त्यती सजिलो छैन ।दुनियाँ मा पोलिटिकल क्रेज तिनीहरु को हुन्छ जो परिक्षण को दायरा आएका हुदैनन् बाबुराम देशको कार्यकारी प्रमुखमा पुगे नागरिकले उनको कार्यकालको प्रत्यक्ष अनुभव लिए।उनि चर्चामा भन्दा विवाद मा तानिए ।
आज त्यही नेता भिन्न नारामा अर्को सपनाको खेती गर्दै छ भन्दैमा नागरिकले पत्याईहाल्दैनन।बाबुराम को नयाँ शक्तिमा सेवा निबृतहरुको समुह छ ।देखाउनका लागी उनिहरु “सो पिस”को भुमिका खेल्न सक्छन।तर “सो पिस “र संगठक बिल्कुल फरक कुरा हो। संगठनका लागी दुरदराजमा जानुपर्छ हण्डर ठक्कर खानु पर्छ आलोचना र समर्थन हुन्छ नागरिक पिडामा साझेदारी हुनुपर्छ जिवन भर राजनीति बाट अलग भएको हुनुपर्छ कलाकार पेशा कर्मी कर्मचारी हुनु नै राजनीतिक लागी योग्यताको आधार हुदैन।नयाँ शक्तिमा अहिले पनि सयौ निष्ठावान कार्यकर्ता छन ।उनिहरु संग त्याग र निष्ठा छ तर समबृदिका नाममा चाहिने भौतिक पुजि छैन ।पुजि पति बर्गको पार्टीमा तिनिहरुको बिचल्ली धेरै कुर्नु पर्ने छैन।अर्कोतिर राजनीतिको सिढी चढेर आर्थिक स्तरोन्न्ति गर्ने सपना बोक्नेहरुको राजनीति नाफा घाटाको हुन्छ। यस्ले निष्ठाको राजनीति गर्नेहरुमा हीनताबोधको अबस्था आउने छ।
जिन्दगीमा राजनीतिको अनुभव नै नभएका कलाकार लाई केन्द्रिय सदस्यमा ल्याएका छन ।तर ३० बर्ष संघर्षको मोर्चामा गुमनाम छन।यस्ले बाबुराम को नयाँ शक्ति लाई थप चुनौती दिनेछ।तसर्थ राजनीतिक अनुभव नभएका सेवा निबृत र असुन्तुस्टि बोकेर आएकाहरु बाट नयाँ शक्ति र उर्जाको अपेक्षा गर्नु ब्यर्थ हुनेछ।
प्रतिक्रिया दिनुहोस्