0 COMMENTS

                                                                 २५+ समुहको प्रेस बक्तव्य ।                                           मिति २०७२÷१२÷३०
पत्रकार बन्धुहरु,

(१) वर्तमान देशको अवस्थालाई हेर्ने हो भने कि त हामीले हाम्रा पुर्खाहरुलाई धिक्कार्नु पर्छ या त स्वयम आफैलाई धिक्कार भन्नु पर्ने अवस्था सृजना भएको छ । नेपाल राष्ट्रको ईतिहासमा सायद पहिलो पटक होला हामी नेपालीहरु निकै अपमानित जीवन बाँची रहेका छौं । हामीले छातिमा हात राखेर भन्न सक्नुपर्छ, देशको यो हालत बनाउने नेपालका नेताहरु नै हुन । बिदेशीको योजना यो देशलाई कसरी कमजोर बनाउने र नेपालीलाई सधै बिवादमा कसरी फसाई राख्ने भन्ने नै थियो । हाम्रा राजनीतिक दलका नेताहरुले सहयोगी भुमिका खेली दिए । यो तितो सत्य बक्न सकिएन भने बिदेशीलाई मात्र गाली गर्नु राम्रो मानिने छैन ।

(२) हाम्रा नेताहरुले केही कमी कमजोरी गरे हामी त्यो कुरा सहर्ष स्वीकार गर्न तयार छौं । दलका नेताहरु र बिदेशीवीचको रहस्यमय संबन्धमा दरार पैदा हुँदा आम नेपालीलाई हैरानी दिने त्यो कुनै पनि मानेमा मानवीय सभ्यता होइन । बिदेशीले नेपाल राष्ट्रका बिरुद्ध जे जस्ता गतिविधि गर्दैछन हामिले ति गतिविधिलाई सहज रुपमा लिएका छैनौं । हाम्रो सार्वभौम सत्ता माथि प्रश्न उठाउने अधिकार कसैलाई छैन । हाम्रो राष्ट्रियता कमजोर बनेको छ,यो कुरा हामी मान्न तयार छौं । तर कुनै देशी बिदेशी तत्वहरुले हाम्रो सार्वभौम सत्ता र राष्टियता पुन परिभाषित गर्नुपर्छ भन्ने जस्ता हावादारी बकवासको २५ + को समुह घोर निन्दा र भत्सर्ना गर्दछ ।

(३) बिदेशीले हामी नेपाली माथि गरेको थिचो मिचो अत्यन्तै भद्धा र निन्दनीय प्रकारको छ । हामीले कुन धर्म मान्ने वा नमान्ने भन्ने कुरा हाम्रो अधिकारको कुरा हो । त्यसरी नै संविधान कस्तो बनाउने र कस्तो नबनाउने भन्ने पनि हाम्रो अधिकारको कुरा हो । नेपाल राष्ट्रको श्वतन्त्रता,सार्वभौमिकता र भौगोलिक अखण्डताका बिरुद्ध बोल्ने अधिकार कसैलाई छैन । हामी बिनम्रता पुर्वक अनुरोध गर्न चाहान्छौं,बिदेशीले आफ्नो मर्यादाको हेक्का राख्न सकुन ।

(४) प्रजातन्त्र वा लोकतन्त्र दुबै नामको अर्थ एउटै हो । यो बिधि र व्यवस्था नेपाल राष्ट र नेपाली जनताको उत्थानको बिधि र व्यवस्था हो वा बिदेशीका गुप्त योजना सफल पार्ने रणनैतिक माध्यम मात्र हो ? नेपाली जनताको बाँच्न पाउने बिश्व व्यापि मानव अधिकारका पक्षमा बोल्न नचाहने बाह्य तत्वले नै नेपालको सार्वभौम सत्ताको खिल्ली उडाउने काम गरेका छन । कुनै पनि एउटा स्वाधिन राष्ट्रका बिरुद्ध गरिने यस्ता घिनलाग्दा हरकतलाई श्वभाविक मान्न सकिदैन ।

(५) हामी नेपालीहरु अतिथि देवःभव भन्ने संस्कृतिलाई मित्रताको आधार मान्ने सभ्यताबाट हुर्केका मानव प्राणी हौं । हामी कसै सँग जाई लाग्न सक्दैनौं र चाहँदैनौं । यसको अर्थ त्यो होइन,बिदेशीहरु नेपाल राष्ट्रका बिरुद्ध र नेपाली जनताका बिरुद्ध जे जे अपराध गर्दै जान्छन त्यो हामीले सहनु पर्नेछ, त्यो कदापि होइन ।
अन्त्यमा । हामी संबद्ध पक्षलाई सचेत गराउन चाहन्छौं दुबै हाम्रा छिमेकी राष्ट्र र अन्य बिदेशी मित्र शक्ति राष्ट्रहरुले नेपाल राष्ट्रको स्वतन्त्रता,सार्वभौमसत्ता, भौगोलिक अखण्डता र हाम्रो राष्ट्रियता माथि जानेर वा नजानेर प्रश्न चिन्ह खडा गर्ने काम नगरुन ।

२५ंको समूह का सदस्यहरुः
आदित्यमान श्रेष्ठ बरिष्ठ पत्रकार लेखक, संयोजक
सूर्यनाथ उपाध्याय पूर्व प्रमुख आयुक्त, अख्तियार दुरुपयिोग अनुसन्धान आयोग
श्रीप्रसाद पण्डित पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
चिरन शमसेर थापा पूर्व प्रमुख सचिव, राजदरवार
डा. द्वारिका ढुंगेल नेपाल सरकारका पूर्व सचिव र अनुसन्धानकर्ता
कल्याणदेव भट्टराई राजनीति तथा आर्थिक विश्लेषक
शीतल बाबु रेग्मी राष्ट्रपतिका पूर्व सचिव
भुवनेश कुमार प्रधान पूर्व सचिव,जलश्रोत
बुद्धि नारायण श्रेष्ठ पूर्व महानिर्देशक, नापी विभाग तथा सीमाविद्
ईश्वरीचन्द्र शर्मा वरिष्ठ अधिवक्ता
सोमनाथ पौडेल प्रशिद्ध जलस्रोत इञ्जिनियर
कमल सिंह बैंकिंग विशेषज्ञ
डा. उपेन्द्र देवकोटा वरिष्ठ न्यूरो सर्जन
देवीराम शर्मा पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
अनिल योगी पत्रकार तथा मानव अधिकारकर्मी
सुश्री ईन्दु आचार्य महिला अधिकारकर्मी
प्रा.डा. मोहन प्रसाद लोहनी प्रोफेसर तथा पूर्व राजदूत
डा. उपेन्द्र गौतम जलश्रोतविद्
शिशिर योगी राष्ट्रवादी गायक
जे. पापी राष्ट्रवादी चिन्तक
डा. किशोरबाबु अर्याल पूर्व जलस्रोत सचिव
रबिन अधिकारी युवा समाजसेवी
ध्रुव भट्टराई इञ्जिनियर
ऋषिराम लामिछाने पूर्व राष्ट्रसेवक
डा.गोविन्द थापा पुर्व राष्ट्र सेवक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।