काठमाडौँ, १ बैशाख — ललितपुर बखुलण्डोलमा रहेको मोक्ष आयुर्बेद एण्ड पञ्चकर्म सेन्टरले बैशाख १ गते बुधबाबाट औपचारिक रुपमा सेवा सुरुवात गरेको छ ।
नव वर्ष २०७३ को अवसर पारेर आयोजित एक कार्यक्रमका बिच आयुर्वेद विभागका महानिर्देशक टेकराज पन्थिले मोक्ष आयुर्वेदको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महानिर्देशक पन्थीले कार्यक्रमलाई सम्बोधन गर्दै आयुर्वेदको फाइदा र महत्व बारे प्रकाश पार्नु भएको थियो । सँगै उहाँले नेपाल आयुर्वेदका लागि उद्गम स्थल भएपनि यसको महत्व बुझ्न नसकेको भन्दै विश्व बजारमा यलोपेथिक औषधिको दवदवाका कारण आयुर्वेद ठूलो रुखकोे सामु सानो रुख छायामा परेको जस्तो मात्र देखिएको तर मानव स्वास्थ्य र शान्तिका लागि आयुर्वेदिक पद्दति नै भरपर्दो उपचार पद्दति भएको बताउनु भयो । ।
बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको मोक्ष आयुर्वेद एण्ड पञ्चकर्म सेन्टरले मांशपेशी, जोर्नी, छाला तथा हाड, तनावजन्य समस्याहरु, माइग्रेन, हरेक स्त्रि तथा बालरोग, पाइल्स तथा फिस्टुलाको उपचार साथै योग प्राणायाम, बिभिन्न किसिमका अभ्यङ, स्वेदन, स्नेहन, इनर्जी हिलीङ्ग प्रोग्राम स्वास्थ्य प्रबधनात्मक तथा पञ्चकर्म सेवाहरु प्रदान गरिने मोक्ष आयुर्बेदका मेडिकल डाइरेक्टर डा. पद्मा बज्राचार्यले जानकारी दिनु भयो ।