0 COMMENTS

12957391_10154213777626042_1435760596_nकाठमाण्डाै, २९ चैत– अमेरिकामा भएको अन्तराष्ट्रिय रोर्वट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोलीले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको रोवो ग्याम्स २०१६ ओलम्पिक अफ रोबोर्टिस अन्तरगतको फायर फाइटिङ बिधामा टोलीले दोश्रो स्थान हात पारेको हो ।
नेपाली टोलीमा सशांकश्री न्यौपाने, गणेशबिक्रम आले, यज्ञप्रसाद देवकोटा, अनुज रेग्मी र सुमन थपलिया सहभागी थिए ।
टोलीको नेतृत्व गरेका न्यौपाने नेपाल इन्जिनियरिङ कलेज, गणेशबिक्रम आले, र यज्ञप्रसाद देवकोटा नेपाल कलेज अफ इन्र्फमेशन टेक्नोलोजि, अनुज रेग्मी काठमाण्डु विश्व बिद्यायल र सुमन थपलिया इन्फरमेटिक्स कलेजबाट इन्जिनियरिङ पुरा गरका बिद्यार्थी हुन् ।
सो प्रतियोगिता ५० भन्दा बढि बिधामा प्रतिस्पर्धा भएको थियो भने ५० भन्दा बढि देश प्रतियोगितामा सहभागि भएका थिए ।
२०१६ अप्रिल १० मा आयोजना भएको सो प्रतियोगितामा सहभागि टोलीलाई नेपाली सेनाले पाँच लाख सहयोग गरेको थियो भने नाष्टले प्राविधीक समानमा लाग्ने खर्च बोहोर्ने बचन दिएका छन् ।
यही टोलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा प्रदीप पौडेलको पक्षमा मत माग्नका लागि प्रयोग गरिएको रोर्वट निर्माण गरेको थियो । पौडेलको चुनाव प्रचारमा प्रयोग भएको रोर्बट प्रभाकारी भएको टिप्पणी महाधिवेशनमा सहभागिहरुले गरेका थिए । रोर्बटका माध्यामबाट चुनावी प्रचार गर्ने कांग्रेस केन्द्रीय सदस्य पौडेलले पहिलो पटक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।