0 COMMENTS

foreign-employment-girlकाठमाडौं, २९ चैत । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेका बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैले काममा मन्जुरी जनाउँदै सनाखत गर्नु पर्ने व्यवस्था गरेको छ।

वैदेशिक रोजगारीमा जाने महिला श्रम स्वीकृति जारी गर्ने कार्यालयमा उपस्थित भएरै सनाखत गर्नुपर्ने व्यवस्था गरिएको हो।

वैदेशिक रोजगारीमा जाने युवतीलाई काममा दक्ष बनाएर पठाउनु पर्ने आवाज उठिरहेका बेला मन्त्रालयले सम्बन्धित काममा राजीखुसीले जान लागेको भन्दै मेनपावर, श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभाग र महिलाबीच त्रिपक्षीय सनाखत अनिवार्य गरेको हो।

विभागको काठमाडौं कार्यालयका निर्देशक कृष्णप्रसाद दवाडीका अनुसार क्लिनरको काम भेर श्रम स्वीकृति निकालेका महिलाले घरेलु कामदारको रुपमा काम गरेको पाइएपछि श्रम तथा रोजगार मन्त्रीको निर्देशनमा सनाखत अनिवार्य गरिएको हो।

हाललाई अदक्ष र अर्धदक्ष काम गर्न वैदेशिक रोजगारीमा जाने महिलाका लागि सनाखत अनिवार्य गरिएको छ। नागरिक दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।