0 COMMENTS

nakkali-paisa-6काठमाण्डाै २६ चैत– प्रहरी प्रधान कार्यालय विशेष ब्युरोको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डाैसमेतको संयुक्त टोलीले ठमेल, बानेश्वर र बल्खुबाट नक्कली ५ सय दरका २० हजार थान गरी १ करोड भारतीय अर्थात १ करोड ६० लाख नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाकिस्तान कराचीका महम्मद नदिम, काठमाण्डाै बानेश्वर बस्ने मकवानपुर हरनामाडीकी ५५ वर्षीया उमादेबी पाण्डे, नोटको कारोबार गर्न काठमाण्डु आएका बारा सिमरा–५ का ५६ वर्षीय महादेव तिमिल्सिना, महोत्तरी माइस्थान–८ का ४० वर्षीय दिलबहादुर थापा, पर्सा भौराटार–७ का ५८ वर्षीय परमानन्द यादव र बारा गन्जभवानीपुरका इश्वरप्रसाद साह तेली रहेका छन् ।

उनीहरुमध्ये नदिमलाई ५० लाखसहित ठमेलबाट, तिमिल्सिनालाई ५० लाखसहित बानेश्वरबाट, पाण्डेलाई बानेश्वरबाट र थापालाई बल्खुबाट चैत २२ गते तथा यादव र तेलीलाई चैत २४ गते बल्खुबाट पक्राउ गरिएको हो ।

नदिमले कराँची दोहा हुँदै कतार एयरवेजबाट नक्कली भारतीय रुपैयाँ काठमाण्डु ल्याएको, पाण्डेले नदिमसँग बुझी वीरगंजबाट आएका तिमिल्सिनालाई बुझाउने जिम्मेवारी लिएको, थापाले तिमिल्सिनासँग सामान बुझी भारततर्फ लैजाने तथा यादव र तेलीले बजार वितरण गर्ने जिम्मेवारी लिएको अनुसन्धानबाट खुल्न आएको छ ।

अनुसन्धानको क्रममा खुलेका अन्य संलग्न पाकिस्तानी, भारतीय र नेपाली नागरिकहरु हाल फरार रहेकोले खोजी भइरहेको तथा यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।