0 COMMENTS

rape-in-busकञ्चनपुर, २६ चैत/जागिरको प्रलोभन दिएर भारतीय सहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् ।

दोधारा चाँदनी नगरपालिकाकी ती युवती भारतको कर्नाटक, बैङलोर, अन्तर्राष्ट्रिय बिमानस्थल, हेचल मुकेशपाली एप्पल नेस्ट १३ क्रस १४ बाट भागेर आएकी हुन् ।दोधाराका शङ्कर धामीले विसं २०६६ मा राम्रो जागिर दिने आश्वासन दिएर बैङलोर लगेका थिए । घरको कमजोर आर्थिक अवस्था भएकाले छिमेकी धामीको प्रलोभनमा परी उनी कक्षा ८ को पढाइ छाडेर १२ वर्षको उमेरमा भारत गएकी हुन् ।बैङलोर पुगेर एक सातापछि घरमा भाँडाकुँडा सफा गर्ने काममा लगाएको एक महिनापछि यौनधन्दाका लागि बाध्य पारिएको थियो । १४ घरमा भाँडाकुँडा सफा गरी मासिक २३ हजारसम्म कमाई हुने गरेको उनले बताइन् ।

‘उनी आफैँले मेरो पैसा बुझेर लग्थे, दिनरात मालिकको ओछ्यानमा लगेर शङ्करले छाडेर आउने र बिहानपख लिन आउने गर्थे’, पीडित युवतीले भनिन् ।ट्रक चलाउने शङ्करले नै सो धन्दा बापतको रु १० हजार रकम लिने गरेको उनले बताइन् ।

मालिकको घरमा लैजाँदै गर्दा शौचालय जाने बहाना बनाएर भागेर आएको उनले बताइन् । कैलालीको धनगढीका युवाको सहयोगमा वनबासासम्म आइपुगेको उनको भनाइ छ ।

बेचविखन रोक्न घरदैलो

यसैबीच, माइती नेपाल कञ्चनपुरले झोलुङ्गेपुल नदीको दुवै छेउका बस्तीमा घरदैलो अभियान सञ्चालन गरेको छ । मानव तस्करले झोलुङ्गेपुलबाट मानव ओसारपसार गर्न थालेपछि स्थानीयवासीलाई सचेत बनाउन घरदैलो गरिएको हो ।

माइती नेपालको २३औँ वार्षिकोत्सवमा विहिबार घरदैलोसँगै बस्तीमा पर्चा वितरण गरिएको छ । दलालले यो नाका प्रयोग गर्ने भएकाले स्थानीयवासीलाई सचेत गराउन घरदैलो गरिएको हो, माइती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्टले भने ।

स्थानीयवासीले सचेत भएर शङ्कास्पद देखिने बित्तिकै नाकामा रोक्ने उहाँले बताउनुभयो । स्थापना दिवसको अवसरमा सीमा नाका गड्डाचौकीमा मानव बेचबिखनविरुद्ध सचेतना फैलाउन पम्प्लेटिङ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।