0 COMMENTS

ncकाठमाण्डाै,चैत्र,२६ –नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एकरएकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार आरक्षणका विभिन्न १५ पदका लागि निर्वाचन भएको हो ।

पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी बिहीबार नै निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म भएको निर्वाचनमा प्रदेश नं १ बाट दीपक खड्का १०३, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली १०९ र प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित ११७ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै, प्रदेश नं ४ बाट रामचन्द्र पोखरेल १०९, प्रदेश नं ५ बाट विक्रम खनाल १११, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट १३० र प्रदेश नं ७ बाट भरतबहादुर खड्का ११० मतसहित निर्वाचित भएका निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए ।

त्यस्तै, समावेशीतर्फ आदिवासीरजनजाति पुरुषतर्फ दुई पदमा आङ्टावा शेर्पा १०४ र तीर्थबहादुर लामा १११, आदिवासी जनजाति महिलातर्फ दुई पदमा ज्ञानकुमारी छन्त्याल १०९ र उषा गुरुङ १०८ मतसहित निर्वाचित भएका छन् ।

खसआर्य पुरुषतर्फ एक पदमा राजेन्द्रकुमार केसी ९राजन० ११८, खसआर्य महिलातर्फ दुई पदमा गीता वाग्ले १२१ र मधु शाही ठकुरी ११९ मतसहित निर्वाचित भएका छन् ।

मधेसी पुरुषतर्फ एक पदमा राम अयोध्याप्रसाद यादव १२३ र मधेसी महिलातर्फ दुई पदमा रश्मी ठाकुर १२० तथा प्रमिलादेवी दास ११२ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै, थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास १०७, मुस्लिमतर्फ एक पदमा अब्दुल रज्जाक १३९ तथा दलित पुरुषतर्फ एक पदमा नरभान कामी १०५ र दलित महिलातर्फ एक पदमा आशा विक १२४ मतसहित विजयी भएका छन् ।

काँग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट भएको हो । कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।