0 COMMENTS

baideshk-rojgar-300x225काठमाडौं, २५ चैत । अबदेखि वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने कामदारको परिवारले साढे १७ लाखरुपैयाँसम्म पाउने भएका छन् ।

बीमा बापत १० लाख, वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख तथा काजकिरीया र शव नेपाल ल्याउने प्रयोजनका लागि साढे ४ लाख गरी साढे १७ लाख दिइने भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ ।

यो नियम बैशाख १ गतेबाट लागु हुनेछ । यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको ५ लाखको बीमा हुने गरेको थियो । बीमा रकम बढेसँगै कामदारहरुले विदेश जानुअघि बीमाबापत बुझाउने रकममा पनि वृद्धि भएको छ ।

यसअघि बीमाका लागि झण्डे १८ सय रुपैयाँ बुझाउने गरेका कामदारले अब २ हजार २१ देखि १९ हजार १ सय ४० रुपैयाँसम्म बुझाउनु पर्नेछ ।

बोर्डले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले करार अवधिभन्दा कम्तीमा छ महिना थप समय रहने गरी बिमा गर्नुपर्ने नयाँ व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।