0 COMMENTS

cricket_generic-काठमाडौं, २५ चैत । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र नामिबियाबीच हुने खेलको टिकट बिक्री सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबारबाट टिकट बिक्री खुल्ला गरेको हो ।

इसेवामार्फत अनलाइनबाटै खरिद गर्न सकिने टिकटको मूल्य १ सय रुपैयाँ तोकिएको छ । मैदानको क्षमताअनुसार करिब १५ हजार टिकट बिक्री गर्ने क्यानको लक्ष्य छ ।

गत वर्षहरुमा अन्तिम समयमा टिकट नपाएर दर्शकहरु समस्यामा पर्ने गरेका थिए । टिकट बिक्री भद्रगोल भएको भन्दै क्यानको ब्यापक आलोचना हुने गरेको थियो । त्यसैले समयमै अनलाइनमार्फत टिकट बेच्न लागिएको क्यानले जनाएको छ ।

खेल आगामी वैशाख ४ र ६ गते किर्तिपुरमा हुनेछ । यहाँ क्लिक गरेर खरिद गर्न सकिने टिकट दुवै म्याचका लागि छुट्टाछुट्टै लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।