0 COMMENTS

Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudelकाठमाडौं, २४ चैत । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा बिजयी भएका छन् । प्रतिस्पर्धी रामचन्द्र पौडेलभन्दा दोब्वर बढि मतबाट उनी बिजयी भएका छन् । खलेको कुल २०६ मत मध्ये देउवाको पक्षमा १३९ र पौडेलको पक्षमा ६७ मत आएको छ ।

विहान ११ बजेदखि संसदीय दलको कार्यालय सिंहदरवारमा सुरु भएको मतदान २ बजे सकिएको हो । कांग्रेसका २०७ मध्ये २०६ जनाले मतदान गरेका थिए । नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले पनि मतदान गरेका थिए ।मतदानमा सवै सांसदहरु उपस्थित भएपनि डा. रामशरण महतले सहयोगि मार्फत मत खसालेका थिए । केहीसमय अघि आफ्नै घरको भर्‍याङमा लडेर घाइते भएका नेता महत मतदानमा आझै सहभागि हुन नसकेका हुन् । रामशरण महतले आफ्ना सहयोगी रमेश महत मार्फत मत खसाले थिए ।
केही समयदेखि विरामी परेका सांसद नरहरी आचार्यले भने मतदानमा सहभागि हुन सकेनन् । कांग्रेस महाधिबेशनभन्दा पहिलेदेखि विरामी परेका नेता आचार्य मतदान केन्द्रमा सहभागि हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।