0 COMMENTS

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विवादित छविकी अभिनेत्री खुश्वु ओलीलाई समाज कल्याण परिषदको उपाध्यक्ष बनाउने तयाkhushbu-oli-final1री गरिएको छ । महिला बालवालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले प्रधानमन्त्रीको निर्देशनमा अनिभेत्री खुश्वु ओलीलाई परिषदको सदस्य बनाउने तयारी थालेका हुन् ।

प्रधानमन्त्री ओलीलाई ‘ड्याडी’ भन्दै आएकी खुश्वुलाई उपाध्यक्ष बनाउन दुई महिना अघिदेखि तयारी थालिएको थियो । तर तत्काल बनाउँदा बिवाद आउने भएपछि रोकिएको थियो । पछिल्लो समय खुश्वुको विवाह भएपछि उनलाई उपाध्यक्ष बनाउन प्रधानमन्त्री ओलीले फेरी उपप्रधानमन्त्री मैनालीलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री मैनाली र खुश्व एउटै जिल्ला झापाका हुन् । राजनीतिकरुपमा खुश्व न एमाले हुन् नत माले । तर पनि खुश्वुका आमा बाबु ओली र मैनाली दुवैको नजिक छन् । छोरीलाई उपाध्यक्ष बनाउन खुश्वुका बाबु धेरै पहिलेदेखि लागि परेका थिए । झापाकै ओली थर भएपछि प्रधानमन्त्रीलाई खुश्वुले ड्याडी भनेर बोलाउने गर्दछिन् ।

प्रधानमन्त्री ओलीले पनि उनलाई छोरीका रुपमा सहयोग गर्दै आएका छन् । खुश्वुको विवाहमा समेत उनी पुगेका थिए । खुश्वुलाई उनले नै बाबुको तर्फबाट टिका पनि लगाई दिएका थिए । प्रधानमन्त्री ओलीले छोरी खुश्वलाई कोसेली स्वरुप समाज कल्याण परिषदको उपाध्यक्ष दिन तयारी थालेका छन् ।

प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्री मैनालीले लिएको प्रस्ताव एमाओवादी अवरोधका कारण साकार हुन सकेको छैन । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अछामका शंकर साउदको नाम उपाध्यक्षमा अगाडी सारेपछि विवाह लगतै प्रधानमन्त्रीले दिन खोजेको उपाध्यक्षको कोसेली खुश्वको हातमा पर्न सकेन । मन्त्री रायमाझी अभिनेत्री खुश्वु ओलीको कोसेलीमा भिलेन बनेपछि उपाध्यक्ष बन्न सकेकी
   सामाग्री (yeskathmandu.com)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।