0 COMMENTS

12966046_1021567357930027_1411297626_n कपन,२०७२,१२,२७ /बुढानिलकण्ठ नगरपालिका वडा न १२ कपनस्थित श्री सिद्धेश्वर महादेव मन्दिर प्रांगणमा अाज मिति २०७२ चैत्र २७ गते शनिबार विशेष कार्यक्रम बीच उपस्थित श्रद्धालु भक्तजनहरूलाई निशुल्क “श्रीमद्भगवत गीता यथारूप”  वितरण गरियो ।अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ( International Society for Krishna Consciousness ) को आयोजना तथा सिद्धेश्वर भजन कीर्तन समूहको समन्वयमा इस्कोनका स्थानीय दीक्षाप्राप्त गुरु बल्लभ चैतन्य दास ( ई . विनय जंग राणा ) ज्यू को ब्यक्तीगत लगानी बाट उपलब्ध करीब २०० थान “श्रीमद्भगवत गीता यथारूप”  पुस्तकहरू कार्यक्रममा निशुल्क बीतरण गरीयाे थीयाे ।

  कार्यक्रमा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएका गुरू बल्लभ चैतन्यदास र बिशेष अतिथि वरिष्ठ गायिका ज्ञानुराणा लार्इ भजन कीर्तन  समूहका अध्यक्ष श्री कृष्णकुमार पोख्रेल ( श्याम ) ले दाेसल्ला अाेढाएर सम्मान गर्नुभएकाे थियाे भने वरिष्ठ गायिका ज्ञानुराणा,निर्मल लाखे र अशाेक कुमार सिंहकाे टाेलील सुमधुर भजनहरू प्रस्तुत गर्नुभएकाे थियाे ।

प्रमुख अतिथिको आसनबाट बोल्दै  गुरु बल्लभ चैतन्य दासले  गीता मानव मात्रको अनमोल रत्न भएको उल्लेख गर्दै यस बाट लाभान्वित हुन समस्त उपस्थित महानुभावहरूलाई आग्रह गर्नुभयो ।साथै उहाँले बलीप्रथा र छुवाछुत बिरूद्द तीखाे टिप्पणी समेत गर्नु भएकाे थीयाे ।

सिद्धेश्वर भजन कीर्तन समूहका अध्यक्ष श्री कृष्णकुमार पोख्रेल ( श्याम ) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय संयुक्त महिला समुहकी अध्यक्ष हेमा अधीकारी,सामाजीक अभीयन्ता तथा कानुन ब्यबसायी चन्द्रप्रसाद सिवाकाेटी लगायतका बक्ताहरूले पनि अाफ्नाे मन्तब्य राख्नु भएकाे थियाे भने कार्यक्रमकाे संञ्चालन कमला पाण्डेले गर्नु भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।