0 COMMENTS

patrol२१ चैत, काठमाडौं /भारतीय नाकाबन्दीले असहज बनेको इन्धन बजार नाका खुलेको दुई महिनासम्म पनि सामान्य नबन्दा उपभोक्ता सास्ती झेलिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि इन्धन आयात र वितरण सहज हुने अपेक्षा गरिएकामा अर्को छिमेकी देश चीन पुगेर फर्किंदा पनि सामान्य नभएपछि जनप्रतिनिधिसमेत आजित छन् ।

अहिले पनि पम्पमा पेट्रोल र डिजेल लिनेको लामै लाइन देख्न सकिन्छ । ग्यास अभावले भान्सामा कहिलेसम्म चुलो बल्ने हो, निश्चित छैन ।

बढ्दो कालाबजारी नियन्त्रण एवं वितरण सहज र पारदर्शी बनाउन पटकपटक आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका अधिकारीलाई बोलाएर दिएको निर्देशन कार्यान्वयन नभएकामा संसद्का उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सांसद्ले शनिबार पनि सरकारलाई प्रश्न गरे ।

‘इन्धन आपूर्त असहज भएको आठ महिना भयो, जनताले कहिलेसम्म दुःख पाइरहने ?’ सांसद नागेन्द्र थारुले आपूर्ति सचिव र निगमका कार्यकारी निर्देशकलाई शनिबार समितिको बैठकमा र्याखर्याख्ती पारे । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।