0 COMMENTS

israelचैत २१, काठमाडौं । लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भएपनि विभिन्न प्रक्रियागत झन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका छन्।

पहिलो चरणको लगभग सवै तयारी पूरा गरेका ५९ जनामध्ये १३ जनालार्इ इजरायलबाट बोलाइएकाले पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
इजरायली अधिकारीले नै लिएको लिखित, मौखिक लगायतको परीक्षामा सफल भएका ५९ जनाले एकैपटक इजरायल जान पाउने अपेक्षा गरेपनि १३ जनालाई मात्र बोलाइएकाले कतिपय सभागी निराश भएका छन्।
तर सरकारी अधिकारीले भने सबैलाई एकैपटक पठाउँदा अलि समस्या हुनसक्ने भएकाले पहिलो चरणमा १३ जनालाई मात्र पठाउन थालेको जानकारी दिए । नागरिक दैनिक ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।