0 COMMENTS
karan
करन साउद,मुम्बै

समय परिवर्तनसिल छ त्यो परिबर्तित समय  संगै मान्छेले आफ्ना  कार्य हरु पनि अगाडि बढाउनु जरुरी हुन्छ/बिश्व का परिबर्तित रास्ट्रहरु ले बदलिदो समय  संगै देश बिकास र जनता लाई दिईने सुख सुबिधा हरु देखी लिएर देश लाई समउन्नत रास्ट्रको नामले चिनाउन सफल भएका छन ।
अरू देशका बैज्ञानिकहरु ले दिनप्रतिदिन नयाँ नयाँ कुराको खोजीकार्य मा दौड धुप गरि रहेका छन / हुन पनि हो यो २१ औ शाताब्तिमा पुगेर पनि अझै पछि पर्नु भनेको एक ठुलो कमजोरी हो /बिश्वका ठुला र शक्तिसाली रास्ट्रहरुले समय काे परिवर्तन संगै बीभीन्न उपलब्धिहरु हासिल गरे ता पनि नेपाल जस्ता गरिब पिछडिएका र साना मुलुकहरुले भने पट्टक्कै बिकास निर्माणका कुराहरु हात लगाउन सकिरहेका छैनन् / गरिब बाट  झन गरिब हुदै जानु उच्च शिक्षा हासिल गरेर पनि स्वदेशमा पर्याप्त मात्रामा रोजगार का अबसर नहुदा युवा शक्ति बिदेश पलायन हुनु । भएका पुराना उधोग धन्दा कलकारखाना संचालन को साटाे बन्द र जिर्ण अबस्थामा पुग्नु । देशमा प्रसस्त मात्रामा बन जंगल नदि खोला नाला लगायत जल श्रोतको हिसाबले बिश्वकै दोस्रो नम्बर गनिने भए ता पनि तिनीहरु को सहि सदपयोग हुनु न सक्नु  जस्ता थुप्रै खालका समस्या हरु उत्तपन्न हुनुमा विशेष गरि नेपाली राजनीति गर्ने नेपाल का नेताहरु मा यस्को श्रेय जान्छ / नेपाल एक गरिब मुलुक हो यो कुरा बिश्वलाई थाहा छ तर नेपालका जनता गरिब छन नेता गरिब छैनन् बिदेशको खाडिमा ५० डिग्री तापक्रम मा पसिना चुहाएर आफ्नो जिबिका चलाउने युवायुवती हरु गरिब छन तर नेपाल सरकारको मातहतमा भ्रष्टाचार गर्दै लाखौ कमाउने हरु गरिब छैनन पहाड तराई कयौ दिन बाटोमा बास बसेर घर पुग्ने जनता हरु गरिब छन तरमोटर गाडीमा चढेर गाउ शहर धाउने हरु गरिब छैनन् ।

दिनप्रतिदिन भ्रष्टाचारका मुद्दाहरु र खबरहरु बाहिर आएका छन तर देशमा बलियो र दरिलो कानुन हुन न सक्दा कारबाही समेत भएको देखिदैन अनि कसरी हुन्छ देश बिकास कसरी उक्सिन्छ गरिब निमुखा दलित पीडित सर्बहारा बर्गको जिवन र कसरी बिश्वसामु चिनिन्छ नेपाल ?एक जना धनी र नेताको छोरा काठमाण्डु को ठुला ठुला बोर्डिङ स्कुल देखी अमेरिका युरोपका कलेज सम्म अध्यन गर्न जान्छन् तर गरिब र मजदुरि गर्ने मजदुरको छोरा सरकारी स्कुलमा समेत पढ्न बाट बन्चित भएको हुन्छ /

आखिर यस्मा दोषी को नेपाल सरकार र नेताहरु किनकि यदि उनीहरु ले सरकारी सुबिधाहरु लगायत अन्य विविध कुराहरु सरकार ले ग्यारेन्टी गरेको भए सायद ति बालबालिका हरु पढ्न बाट बन्चित हुने थिएनन् होला /साच्चिकै यस्ता किसिमका समस्याहरु समाधान गर्ने सरकारले कुनै निति कार्यक्रम ल्याए देश कोल्टे फेरिन सक्छ तर त्यस्मा समुचित निकायको ध्यान केन्द्रित भएको देखिदैन/ कुनै पनि कामको बारेमा भने जस्तो गर्न र बुझ्न त्यती सजिलो छैन /स्वास्थ शिक्षा रोजगार लगायतका केहि सुबिधाहरु नेपाल सरकारले लागु गरे देश एक नयाँ नेपाल को सुनौलो भबिस्यको उज्यालो लिएर आउन सक्छ तर आफ्नो स्वार्थ लोभ लालच अनि हालीमुहाली लगायत विभिन्न कुराहरु मा नेपाल का राजनीति गर्ने नेता र नेपाल सरकार अडेको देखिन्छ /

नेपालको राजनीतिक ईतिहास लाई हेर्ने हो भने हरेक दश दश बर्षको अन्तरालमा धेरै क्रान्तिहरु युद्धहरु आन्दोलनहरु भएका छन तर बिडम्बना भएका ति हरेक क्रान्ती आन्दोलन युद्ध बाट जुन उपलब्धि हरु हात लगाउन सकेको छैन/बिस २०५२ देखी माओवादी ले दश बर्ष युद्ध गर्यो जनता ले पनि साथ र समर्थन दिए बिस २०६२/६३ मा राजतन्त्र ढाल्न र लोकतन्त्र र गणतन्त्र ल्याउनको लागी आन्दोलन भए लोकतन्त्र र गणतन्त्र पनि आयो तर नेपाली जनताका हक अधिकार सुनिश्चित गरिएनन/पुरानो संविधान सभाको खारेजी पछि नंया संविधान ल्याउनको लागी भएको पहिलो चुनावमा माओवादी पहिलो पार्टीको रूपमा उदाउन सफल भएको थियो तर माओवादीको नेतृत्व मा गठन भएको सरकारले नत संविधान लेखन कार्यलाई गति दिन सक्यो नत आफ्नो कार्यकाल नै सम्भाल्न सक्यो चार चार बर्ष बितिसक्दा पनि संविधान लेखन कार्य राजनीतिक दलका नेताहरु आ आफ्ना अडानले गर्दा स्थिरता पाउन सकेन/

माओवादीले उठान गरेको जातीय राज्य सिमाङ्कन लगायत संघीयताको आडमा कुर्लने हरु ले कहिले भुल्न न सकिने अप्रिय घटनाहरु र आन्दोलन हरु गर्न सफल भए/संविधान सभाको दोस्रो चुनाव पछि जाहिर संविधान घोषणा भए लगत्तै उता भारत ले त्यो संविधान मधेसी जनताको हितमा नभएको भन्दै अघोषित नाका बन्दिको खेल सुरु गर्यो /बिनासकारी भुकम्प बाट घाइते भएको नेपाल को घाउ न सुक्दै त्यो भारत ले गरेको नाका बन्दीले झन चिरिएको घाउमा नुन चुक छर्के झै भईदियो/ लामो भारतीय अघोषित नाका बन्दी बाट देशको अर्थतन्त्र लगायत नेपाली जनताको जिवन कष्टकर बनि रहयो अत:यस्ता किसिमका थुप्रै समस्याहरुको नेपाल सरकार र नेपाली राजनीति दलका नेताले समाधान गर्न न सक्दा रास्ट्र अगाडि बढनु को बदला झन पछाडी धकेल्लिदै छ/

अनगिन्ती रुपले भईरहेको युवा पलायन रोक्न न सक्दा स्वदेशमा रोजगार का अबसरहरु ल्याउन नसक्दा देशलाई  ठुलो घाटा का साथ साथै देशको अस्तित्व माथी नै दाग लागिरहेको देखिन्छ /नेपाल सरकार लगायत नेपाली राजनीति गर्ने पार्टीका अगुवा नेताहरु लाई मेरो आग्रह तपाईंहरु चुनाव को समयमा नेपाली जनता लाई जुन भाषण र आश्वासन देखाउनु हुन्छ ति कुराहरु ब्याबहार मा लागु गर्नुहोस बन्द जिर्ण अबस्थामा रहेका कलकारखाना उधोग धन्दा संचालन मा ल्याउनुहोस नेपाल को बिकास को लागि बिदेश बाट आएको रकम मा गिद्ददृस्ठि नलगाई सहि हिसाबले सदुपयोग गर्नुहोस नेपाल मा भएका नदि नाला बाट उत्तपन्न हुने विद्युतका लागी केहि योजना हरु तय गर्नुहोस गरिब सर्बहारा निमुखा पीडित बेपत्ता सहिद दलित मुक्ति कमैया कमलरी प्रथा को अन्तय गर्दै बिदेश को खाडि मा दास बन्न नेपाली रास्ट्रप्रेमी युवायुवती हरु स्वदेश फर्काएर रोजगारीको ब्यबस्था मिलाउनुहोस नयाँ नेपाल को सिर्जना हुने छ र तपाईं ले गरेको अतुलनीय कार्य को अबिस्मर्निय मुल्यांकन जनताले गर्दै नेपाली जनता को घर दैलोमा खुशी छाउने छ /धन्यवाद

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।