0 COMMENTS

Medicineकाठमाडौं, २० चैत्र – स्वास्थ्य क्षेत्रका माथिल्लो तहमा कर्मचारीमा फाइल अड्काउने प्रवृत्तिले डेढ वर्षदेखि सुरु गरिएको औषधि खरिद प्रक्रिया टुंगिन सकेको छैन । समयमै औषधि खरिद नहुँदा जुनसुकै बेला मुलुकभर औषधि हाहाकार हुने संकेत देखिएको छ ।

सम्बन्धित विषयमा अनुभव नभए पनि स्वास्थ्य मन्त्रालय, विभाग र मातहतका महाशाखामा जथाभावी नियुक्त गरिएका प्रमुख र कर्मचारीले समयमै निर्णय गर्न नसक्ने र फाइल अड्काएर राख्ने प्रवृत्तिले डेढ वर्षदेखि औषधि खरिद प्रक्रिया टुंगोमा नपुगेको हो ।

सरकारले गत भदौ १३ गते निःशुल्क रुपमा थप ३० प्रकारका औषधि दिने घोषणा गरे पनि ती अहिलेसम्म बिरामीको हातमा परेका छैनन् । तराइ आन्दोलन र भारतीय नाकाबन्दीका बेला सरकारले आकस्मिक अवस्था भन्दै फास्ट ट्याकबाट ४२ प्रकारका औषधि खरिद गर्ने निर्णय गरेको थियो । ती औषधि पनि मेडिकल स्टोरमा आइपुगेका छैनन् ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।