0 COMMENTS

suicide-hanging-on-fanअछाम , चैत्र १९ –प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् ।

परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् । आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताए ।

केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ । अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए । मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।