0 COMMENTS

Oli-Cabinet_maiden-meetingकाठमाडौं, १९ चैत । भारत र युरोपियन युनियनको नेपाल सम्बन्धी बिज्ञप्तीलाई लिएर शुक्रबार मन्त्रीपरिषदको बैठक बस्ने लागेको छ । नेपालको आन्तरिक मामिलामा भारत र युरोपियन युनियनले हस्तक्षेप गरेको भन्दै मन्त्रीपरिषदको बैठक बस्न लागेको एक मन्त्रीले बताए ।

भारत इयूको शिखर सम्मेलनले आफ्नो घोषणा पत्रको १७ औ बुँदामा नेपालको संविधान अपूर्ण रहेको उल्लेख गरेका थिए । नेपालसँग असम्बन्धि बिषयमा बिज्ञप्ती निकालेर भारत र इयूले स्वतन्त्र मुलुकमाथी हस्तक्षेप गरेको भन्दै विहीबार नै परराष्टमन्त्रालयले बिज्ञप्ती निकाली सकेको छ ।

बिज्ञप्तीलाई लिएर मन्त्रीपरिषदको बैठक बस्न लागेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्न लागेको बैठकमा भारत र इयूको बिज्ञप्तीको बिरोध गर्ने र कुटनीतिक पहल गर्ने बिषयमा छलफल हुने बुझिएको छ । बिज्ञप्तीलाई लिएर प्रधानमन्त्री ओलीले स्वतन्त्र मुलुकमाथीको हस्तक्षेप भन्दै कडा विरोध पनि गरिसकेका छन् ।

आजको मन्त्रीपरिषद बैठकमा पुर्ननिर्माणको काम सुस्त भएकोले तिव्र गतिमा काम गर्ने बिषयमा पनि छलफल हुने बुझिएको छ । पुर्ननिर्माणको काममा प्रधानमन्त्री केपी ओली नै असन्तुष्ट छन् ।
त्यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको बारे मन्त्रीपरिषदलाई जानकारी गराउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।