0 COMMENTS

TU-edukhabarकाठमाडौं, १८ चैत । संयुक्त विद्यार्थी सङ्गठनले त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पसमा स्ववियु निर्वाचनको वातावरण तयार गरी मिति सार्वजनिक गर्न माग गरेको छ ।

विभिन्न विद्यार्थी सङ्घसङ्गठनका प्रतिनिधिको सहभागितामा अनेरास्ववियुको कार्यालयमा बिहीबार बसेको बैठकले बढ्दो महँगी तथा कालाबजारीकोविरुद्ध यही चैत २१ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको हो ।

अनेरास्ववियु, नेविसङ्घ, अखिल (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्घसंस्थाका आबद्धतामा गठन भएको सो सङ्गठनले एसएलसीको परीक्षालाई मर्यादित बनाउन माग गर्दै शैक्षिक समस्या र शैक्षिक क्षेत्रमा बढ्दो मूल्य वृद्धिको विरुद्ध यही चैत २२ गते शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

त्यसैगरी भूकम्पका कारण धेरैले अहिले पनि दुःख पाइरहेकाले पुनः निर्माण प्राधिकरणलाई अविलम्ब देशका विभिन्न स्थानमा निर्माण अघि बढाउन बैठकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।