0 COMMENTS

ncकाठमाण्डाै, १८ चैत– विगतमा गुण र दोषका आधारमा सरकारको आलोचना गर्दै आफ्नो धर्म निभाउने बताउँदै आएको नेपाली कांग्रेसले पछिल्लो समय आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उदेश्यले सरकार परिवर्तन गर्ने रणनीति बनाएको छ ।

कांग्रेसले नयाँ संविधान कार्यान्वयनका लागि समेत आफ्नो नेतृत्व आवश्यक रहेको बताउँदै आएको छ । कालोबजारी संस्थागत गरेको, भ्रष्टाचार र महंगीलार्इ प्रश्रय दिएको तथा न्यायालयलगायत राज्यको महत्वपूर्ण निकायहरुमा पार्टीकरण गर्न खोजेको आरोप लगाइरहेको कांग्रेसले संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनपछि सरकार परिवर्तनतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने भएको छ ।

महाधिवेशन सम्पन्न गरेसँगै बसेको पहिलो केन्द्रीय समिति बैठकमा पनि कांग्रेसले वर्तमान सरकारको विकल्पबारे छलफल गरेको थियो महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएसँगै आन्तरिक व्यवस्थापनमा व्यस्त रहेको कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिको निर्वाचन एक सातापछि हुँदैछ ।

कांग्रेसले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत रहने संसदीय दलको नेता छनोटको निर्वाचन आउँदो चैत २४ गते र कार्यसमितिको निर्वाचन २६ गते गर्ने मिति तोकेको छ । काँग्रेस नेता अर्जुननरसिंह केसीले दलको निर्वाचनपछि सरकारको सरकारको विकल्पका साथै मुलुकको परिस्थितिलाई विश्लेषण गरी काँग्रेसले अब कुन बाटो अपनाउने भन्नेबारे पनि सोच्नुपर्ने बताए ।
नेपाल समाचारपत्रबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।