0 COMMENTS

electric-busकाठमाडौं, १८ चैत । काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउने भनेको विद्युतीय बस (इ-बस) को बिषय अन्योलमा परेको छ ।

इ-बस किन्न अध्ययन प्रक्रिया पुरा गरिसक्दा समेत सरकारले खासै वास्ता नगरेकाले पक्रिया अघि बढ्न नसकेको महानगरपालिकाका सार्वजनिक निजी साझदारी शाखा प्रमुख शिव अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार चीनको मोटर कम्पनी सिआरआरसिटीका प्रतिनिधिले उपत्यकाको सडक अध्ययन प्रतिवेदन समेत बुझाइसकेको छ । सुरुमा जस्तो बस ल्याउने विषयको सक्रियता अहिले नदेखिएको उनले बताए ।

विद्युतीय बस ल्याउन महानगरपालिका तयार रहे पनि सरकारका तर्फबाट प्रतिक्रिया नआकाले आलटाल भएको अधिकारीले बताए ।
चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने र नेपालले १० वटा किन्ने सहमति भएको थियो । सोहीअनुरुप महानगरपालिकाले काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडक अध्ययन गरेर स्वदेश फर्किसकेको छ ।
चीनले अनुदानमा उपलव्ध गराउन लागेको सो विद्युतीय मिनीबस दिनमा एकपटक दुई घण्टा चार्ज गरेपछि दुई सय किलोमिटर गुड्छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।