0 COMMENTS

prisonबनेपा, १७ चैत–काभ्रेपलाञ्चोकमा चालु आवको झन्डै दुई महिनाको अवधिमा प्रहरीले अदालतबाट दोषी ठहर भएका ३० जना फरार अपराधीलाई पक्राउ गरेको छ ।

गत मङ्सिर १० गतेदेखि अहिलेसम्म उनीहरुलाई फरकफरक स्थान तथा मितिमा कर्तव्यज्यान, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगी र लागुऔषधलगायतका विभिन्न मुद्दाका फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार अपराधीबाट दुई महिनाको अवधिमा कुल १४ वर्ष ११ महिना २६ दिन कैद भुक्तान असुल गरिएको र उनीहरुसँग सोही अवधिमा कुल रु १० करोड ३० लाख ६७ हजार ११५ जरिवानासमेत असुल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा अझै फरार अपराधीको सङ्ख्या ६१० रहेको उल्लेख गर्दै पक्राउ गर्न गाउँगाउँमा समेत प्रहरी परिचालन गरिएको बताउनुभयो ।

अदालतबाट फैसला भएर अपराधी ठहर भएकालाई पक्राउ गर्न प्राथमिकताका साथ काम गरिरहेका छौँ प्रहरी उपरीक्षक वास्तोलाले भन्नुभयो ।

चालु आव २०७२÷७३ को अहिलेसम्म कुल १६३ जना फरार अपराधी पक्राउ परेका छन् । उनीहरुसँग ७२ वर्ष नौ महिना १४ दिन कैद असुल भएको र झन्डै कुल रु १८ करोड ६६ लाख पाँच हजार ७६२ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।