0 COMMENTS

arrest1काठमाडौं, १७ चैत । सामान्य आर्थिक अवस्थाकी भारत नागाल्यान्डकी मेर्लीको श्रीमानको मृत्युसँगै ४ सन्तानको भरणपोषणको जिम्मेवारी एक्लो काँधमा आयो ।

सामान्य शिक्षा पाएकी उनी कामको खोजीकै क्रममा परिचित स्वेताको सम्पर्कमा पुगिन् र कोकिनको भरिया बन्न नेपाल आइपुग्दा पक्राउ परिन् ।

अन्तराष्ट्रिय बजार अनुशार ५ कराेड ४० लाख नेपाली रूपैया पर्ने काेकीन बाेके बापत  ४० हजार र्‍यान्ड २ लाख ७८ हजार पाउने लोभमा स्याम्पूको बट्टामा २ किलो ७ सय ग्राम झोल कोकिन बोकेर ब्राजिल दुबई हुँदै काठमाडौं उत्रिएकी एमपोथोनी, अनि त्यही कोकिन लिएर भारत जान नागाल्यान्डबाट नेपाल आएकी सामान्य पृष्ठभूमिका कोकिन भरिया देखिए पनि यसअगाडि पक्राउ परेका कोकिन भरिया कोही नर्स त कोही रेडियो पत्रकार छन् ।

आर्थिक प्रलोभनमा ब्राजिलको कोकिन युरोप पुर्‍याउन नेपाललाई ट्रान्जिट बनाउन आउँदा पक्राउ परेका मध्ये एक शिक्षिका छिन् भने एक मार्केटिङ एक्जुकेटिभसम्म । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।