0 COMMENTS

sandarbha-copyसलिम अन्सारी,चैत्र १६ ,प्युठान– वैदेशिक रोजगारका लागि सात महिना अघि साउदी अरब पुगेका ६ जना नेपाली कामदारहरु बिचल्ली परेका छन् । काठमाडौंको वसुन्धरास्थित गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज प्रालिमार्फत ‘लेबर’को काम भनि पठाइएका नेपाली कामदारले साउदी अरबस्थित दमाममा गएकै दिनदेखि बिचल्लीमा परेको पीडितले बताएका छन् । कामदारले म्यानपावरसँग गरेको सम्झौताअनुसारको काम र सेवा सुविधा पाउनु त कता हो कता साउदी पुगे देखि नै कामबिहिन हुनुपरेको पीडितहरुले टेलिफोनमा विलौना सुनाए ।

यसरी साउदी पुगेर अलपत्र पर्नेमा शिवपुर नगरपालिका–२ कपिलवस्तुका छोपेन्द्र रोका क्षेत्री, बिजौरी–२ दाङका बिमलकुमार बुढाथोकी, बाबियाचौर लौरेनी–६ म्याग्दिका जसबीर दर्जी, लौरेनी कै नरबहादुर सार्की र तनहुँका थर नखुलेका मिलन र अमर रहेका छन् । गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज नामक म्यानपावरलाई प्रति व्यक्ति १ लाख देखि १ लाख ५० हजारसम्म बुझाएर साउदी आएका आफूहरुलाई अलपत्र पारेको पीडित बिमलकुमार बुढाथोकीले बताए । दमामस्थित अमिर फेसल कम्पनीले आफूहरुलाई सात महिना हुन लाग्दासमेत काममा नलगाई अलपत्र पारेको उनले टेलिफोनमा बताएका हुन् ।

नेपालमा म्यानपावरसँगको सम्झौतामा अमिर फेसल कम्पनी भनिए पनि साउदी पुग्दा कम्पनीको प्रतिनीधि नभएर अर्कै विचौलियाले ‘रिसिभ’ गरेको बताए । बुढाथोकीले भने, ‘साउदी आएको शुरुको दुई महिना कम्पनीले फलामको वर्कसपमा बिना तलब अप्ठ्यारो काम गर्न दियोे त्यसपछि कम्पनी मालिक फरार भएकाले हामी अलपत्र परेका छौँ ।’ म्यानपावरले साउदीको अमिर फेसल कम्पनीमा १२ सय आभारभुत तलव र खाने बस्ने अलग्गै दिने साथसाथै आठ घण्टा ‘ड्युटी’ रहेको प्रलोभन देखाएपछि धन कमाउने आसमा साउदी पुगेका उनीहरु कम्पनीले बेवास्ता गरेपछी कष्टकर जीवन बिताइरहेका छन् ।
उनीहरुसँग भएको राहदानीलगायतका अन्य कागजपत्रहरु पनि कम्पनिले नै लगेर फिर्ता नदिएकाले कतै जान नसक्ने अबस्थामा उनीहरु रहेको बताउँछन् । कम्पनिले नेपाल फर्किन नदिएको र पठाउने म्यानपावरले पनि उद्धारका लागि बेवास्ता गर्दा पैशाको अभावमा लमजुङका हेमलाल लामाको सहयोगमा बसेर ज्यान बाचइरहेकोे पीडितहरु बताउँछन् । साउदीस्थित कम्पनी र नेपालको म्यानपावरको मिलेमतोमा नक्कली सम्झौतापत्र दिएर झुक्काइएको पीडिहरुको आरोप छ ।
उनीहरुले नेपालमा म्यानपावरका आधिकारीक व्यक्तिलाई सम्पर्क गरी की काम देउ नत्र उद्धार गर भनेर आग्रह गर्दा म्यानपावरले हामी सक्दैनौँ तिमीहरु दूतावास जाउ उसैले उद्धार गर्छ भन्ने जवाफ दिएको पीडित छोपेन्द्र रोकाले सुनाए ।

‘हामी नेपाल फर्कन चाहन्छौँ ।’ रोकाले भने, ‘नेपालको म्यानपावर कम्पनीले हामीलाई गाईबस्तु बेचेजस्तो गरेर बेवास्ता गर्दा हाम्रो विचल्ली भयो ।’ प्रभावले गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज नामक म्यानपावरका सञ्चालकसँग प्रतिक्रिया लिन खोज्दा आफू सञ्चालक नै हो तर नाम बताउन सक्दिन र त्यो विषयमा आफूलाई केही थाहा नभएकाले पछि सम्पर्क गर्न भन्दै थप कुराकानी गर्न चहेनन् । पछि उनकैअनुसार सम्पर्क गर्न खोज्दा म्यापावरका सञ्चालक सम्पर्कमा नै आउन चाहेनन् । यसबाट पनि म्यानपावर सञ्चालकको नियत प्रष्ट हुन्छ ।साभार इ प्रभाव राष्टिय दैनीक

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।