0 COMMENTS

bimaan-430x316काठमाडौं, १६ चैत । इजिप्ट एयरको विमान अपहरण गर्ने व्यक्ति इब्राहिम सामाहा भएको खुलासा भएको छ । उनले व्यक्तिगत कारणले विमान अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमान अपहरणकारी सामाहाले साइप्रसमा रहेकी पूर्वपत्नीलाई चिठ्ठी पठाउन चाहेको र त्यसका लागि विमान अपहरण गरेको साइप्रस ब्रोडकास्टिङ सिवाईबीसीले जनाएको छ । सामाहाले अरबी भाषामा लेखिएको चिठी विमानबाट बाहिर जमिनमा फ्याँकेको र त्यसलाई आफ्नी पूर्व श्रीमतीसम्म पुर्याउन भनेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले साइप्रसमा शरण दिनुपर्ने माग पनि गरेका छन् ।
सामाहाले आफ्नो माग सञ्चारमाध्यमसम्म पु-याउन दोभासेको प्रयोग गरेका थिए ।
इजिप्टका विदेशमन्त्रीले विमान अपहरणकारीले आफ्नो पूर्व श्रीमतीसमक्ष पत्र पठाउन चाहेको बताए । उनले अपहरणकारी आतंकवादी नभएको र मुर्ख मात्र भएको बताए । अपहरणकारीसँग उनका मागबारे कुराकानी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।