0 COMMENTS

chatyanga१६ चैत, दोलखा –दोलखामा हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगर रहेका छन्।

गएराति घरमा बसिरहेका बेला परेको चट्याङ लागेर गम्भीर घाइते भएका मगरलार्इ उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए।

हावाहुरीले अन्य केही घरमा पनि क्षति पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।