0 COMMENTS

cricket_generic-विराटनगर, १३ चैत ।नेपाल राष्ट्रिय मारवाडी क्रिकेट लिग–२ विराटनगर र चितवनको नारायाणगढबाट आजदेखि एकैसाथ सुरु भएको छ ।

राष्ट्रिय मारवाडी युवा सङ्गठनको आयोजनामा सुरु भएको निर्धारित २० ओभरको सो प्रतियोगिताको आज विराटनगरको सहिद मैदानमा पूर्वाञ्चलका क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख केशरीराज घिमिरेले शुभारम्भ गर्नुभयो ।

विराटनगरमा सुरु भएको सो प्रतियोगितामा ६ र नारायणगढमा ६ गरी १२ वटा मारवाडी टिमको सहभागिता रहेको छ ।

विराटनगरमा आयोजित खेलमा विराट वारियर्स, विराट च्यालेन्जर्स, महालक्ष्मी विराटनगर टिमका साथै इटहरी, भद्रपुर र राजविराजको टिमको सहभाागिता रहेको छ ।

त्यस्तै नारायणगढमा आयोजित खेलमा जनकपुर, हेटौँडा, नारायणघाट, भैरहवा, नेपालगञ्ज र धनगढी टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । सो प्रतियोेगिता यही चैत २२ गतेसम्म जारी रहने छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।