0 COMMENTS

Birgunjवीरगन्ज १३ चैत ,शुक्रबार पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगन्ज बन्द गराएका छन् ।शनिबार बिहानैदेखि मोर्चाका कार्यकर्ताले चोकचोकमा टायर बालेर प्रशासनको बिरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

पक्राउ परेका कार्यकर्ता प्रशासनले तत्काल रिहा नगरे मोर्चाले कडा आन्दोलन गर्ने उनीहरुको भनाइ छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको वीरगन्ज आगमनको विरोध गर्दै प्रदर्शन गर्ने क्रममा शुक्रबार प्रहरीले राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह श्रेष्ठलगायत दर्जनभन्दा बढी नेता तथा कार्यकतालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।