0 COMMENTS
karan
करन साउद नयाँ शक्ति नेपाल (संयाेजक घनश्याम चम्लागाइ) भारत परिवार समिती संगठन प्रमुख तथा कैलाली जिल्ला प्रबक्ता

 नयाँ शक्ति होईन सक्नु हुन्छ भने पुरानै शक्ति मा रहेर देश परिवर्तन गर्नुहोस्

धेरै लामो समय देखी माक्र्सवाद र लेलिनबाद को नारामा समर्पित हुदै माओवादी को कमान्ड गर्नु भएका बाबुराम भट्टराई अहिले पुरानो पार्टी परित्याग गर्दै नयाँ शक्ति निर्माण भन्दै दौडिरहेका छन । स्वार्थ,हालीमुहाली र विभिन्न किसिमका बादहरुको लोभ लालचमा कयौ नेपाली जनताहरु पनि पछि लागिपरेका छ्न । रास्ट्र परिवर्तन गर्छौ देशलाई गरिबी बाट मुक्त गराई सम्मउन्नत रास्ट्रको दाजोमा पुर्याउछौ गरिब सर्बहारा निमुखा बर्गको मुक्ति गराउछौ सामन्त बाद हरु लगायत विभिन्न बादहरुको अन्तय गरि देशलाई समृद्धशाली रास्ट्र बनाएर स्विजरल्याण्ड को सपना देखाएर २०५२ सालदेखी माओवादी पार्टी र जनता संग लडदै भीडदै जनयुद्ध सुरु गरि समाप्त गरेर एकाएक राजनीति पार्टी मा देखा परेका डा. बाबुराम भट्टराइ अहिले फेरि नयाँ शक्ति निर्माण भन्दै गाउ शहर डुल्दै छन ।

बाबुराम जी के तपाइले यति छिटै र सजिलै कसरी भुल्नु भयो गरीब संगकाे बाचा  र कसम अनि झुठा भाषणहरु ? बाबुराम जि नेपाल को राजनीतिक ईतिहासको पाना पल्टाएर हेर्दा जनयुद्ध कालमा तपाईं बाट जनता ले धेरै आशा अनि भरोसा न गरेका पनि त होइनन् तर तपाईंको बिचार लक्ष्य, उदेश्य र माओ को सिद्धान्त लाई बिर्सनु भए जस्तो छ । २०५२ देखी जुन माओको सिद्धान्त बोकेर आफ्नो प्राण को त्याग तपस्या गरि जनयुद्धमा होमिनु भएको थियो त्यो कदम लाई किन बिच बाटो मै ब्रेक लगाउनु भयो ? उक्त जनयुद्ध कालमा तपाइलाइ सहि ब्यक्तित्व ठानि साथ र समर्थन दिने जनताको पनि कमि थिएन तर अहीले सर्बसाधारण जनताको आशा भरोसा अनि आफ्नो लक्ष्य उदेश्य लाई भुल्दै अहिले  तपाईं नयाँ शक्ति निर्माण भनेर हिंड्नु देश र जनताको को लागी कदापि उचित होईन ।

तपाईंको कमान्ड मा भएका  घटनामा ज्यान गुमाउनु भएका ज्ञात अज्ञात बिर सहिद अनि बेपत्ता पारिएका सपुतहरुको रगतकाे मुल्य नचुकाई कसरी तपाईं नयाँ शक्ति निर्माण गर्न लाग्नु भएको छ ? तपाईं लाई राम्रो संग थाहा छ जनयुद्ध कालमा १७००० हजार नेपाल आमा का बिर योद्धाहरु सहिद र शिकार बनेका थिए अनगिन्ती जनता अपांग भएका थिए कयौ नारीको सिंदुर पुछिएको थियो हजारौं आमा बाबाको कोख रित्तो भएको थियो हजारौं बालबालिका टुहुरा बनेका थिए सक्नु हुन्छ भने ति अशाहाय बनेका जनता हरु लाई केहि सहयोग र सहायता उपलब्ध गराउनुहोस सहिद बनेका ब्यक्तिहरु को जुन सपनाहरू छन ति सपनाहरू पुरा गर्न तिर लाग्नुहोस अपांग बनेका हरु लाई खुट्टा दीनत सक्नु हुन्न तैपनी व्हिलचिएर सम्म को ब्यबस्थात मिलाउनुहोस र जुन मुक्ति को लागी तपाईं ले आवाज उठाउनु भएको थियो ति बाचा हरु पुरा गर्नुहोस त्यही नै नेपाली जनता को लागी एक बिश्वास को आधार हुने छ ।

सक्नु हुन्न भने फेरि किन नेपाली जनता लाई झुक्याएर लोभ लालच देखाएर आफ्नो इन्द्रजाल मा पारेर सर्ब साधारण जनताको भबिस्य माथी खेलवाड नगर्नुहोस । भट्टराई जि तपाईं त पुरानै शक्ति होइन र एकचोटी सत्तामा पुगेर प्रधानमन्त्री समेत को पदबहाली गरि सक्नु भएको ब्यक्ति होइन र ? अनि कसरी फेरि नयाँ शक्ति निर्माण गर्न लाग्नु भयो ? त्यसैले भट्टराई जि नयाँ शक्ति निर्माण गर्न त नयाँ मुहार नयाँ सिद्धान्त नयाँ लक्ष्य उदेश्य का साथ साथै नयाँ बिचार आचरण र नयाँ अनुहार हुन जरुरि छ ।  त्यो नयाँ शक्ति नेपाल को लागी हामीले अब नयाँ मुहार चुनी सकेका छौ आफ्नो देश र रास्ट्रको हकहित मायाँ ममता अनि नेपालमा लगभग असफलनै भइसकेका विभिन्न किसिमका बादहरुको निर्मुल पार्दै  रास्ट्र लाई एक उन्नत रास्ट्रको दाजोमा पुर्याउन र देशको बिकासका लागी  शिक्षा, स्वास्थ, अाैधाेगीक क्रान्ती,कृषी लगायत हरेक क्षेत्रमा महत्व पुर्ण भुमिका निर्बाह गर्ने युवा शक्ति लाई स्वदेश मै स्थापित गर्दै देशमा शान्ति, निकास र विकास लाई ग्रहायता दिदै एक समृद्धशाली रास्ट्र निर्माण गर्न २०७१ फाल्गुन ४ गते सामाजिक संजाल फेस बूक मार्फत  नै नयाँ शक्ति नेपाल केन्द्रिय संयोजक श्री घनश्याम चम्लागाई ज्यु ले नयाँ शक्ति नेपाल को उदय भर्इ सकेकाे छ । स्वदेश मा बेरोजगार बस्न बाध्य जनता र बिदेश को खाडिमा जोखिम पुर्ण श्रम गरेर जीवन बिताउन बाध्य रास्ट्रप्रेमी नेपाली  हरुको दुख, पिडा लाई समेटदै संयोजक श्री घनश्याम चम्लागाई ज्यु ले नयाँ शक्ति नेपाल को स्थापना गर्नु भएको हो । उहाँको बिचार लाई आत्मसात गर्दै अहिलेसम्म को विवरण अनुसार नयाँ शक्ति नेपाल मा आबद्ध हुने सदस्य को संख्या त्रीसठ्ठी हजार,पाच सय पाच पुगीसकेकाे र आबद्ध हुने सदस्य हरु दिनप्रतिदिन बढदै गएको देखन्छन । धन्यवाद 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।