0 COMMENTS

Sajha_Bus-300x177काठमाडौँ , चैत्र ११ – महानगरपालिकाको १० करोड शेयर सहयोगमा थप बस ल्याउन लागिएको साझा सहकारी लिमिटेडले जनाएको छ । साथै नयाँ बसहरुमा पहिले दिदै अाएकाे सेवाका साथै अपाङ्गमैत्री समेत हुनेछ ।

यसका लागि भारतीय कम्पनी अशोक ले ल्याण्डका तर्फबाट गौरव कुमार र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

२०७० १ वैशाख देखि काठमाडौंका तीन वटा रुटमा सेवा दिदै आएको साझा यातायातले गुणस्तरीय बस ल्याउन लागेको जनाएको छ ।

४० सीट क्षमताको बसमा एक सय जनासम्म उभिएर एकै पटक यात्रा गर्न सक्नेछन् । साझाले अहिले नयाँ बसपार्कदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, नयाँ बसपार्कदेखि लगनखेलसम्म र लगनखेल बसपार्कदेखि बुढानिलकण्ठसम्म सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।