0 COMMENTS

traffic-police-300x300काठमाडौं २०७२/११/११  सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाउने भएको छ । शरीरमा एक्सन क्यामरा जडान गरी मोटरसाइकलमा विशेष टोली खटिनेछ ।

अर्काको लेन प्रयोग गर्ने प्रवृत्ति रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान सुरु गर्न लागेको हो । त्इसका लागि महानगरीय प्रहरी कार्यालयबाट थप ५० जना जनशक्ति लिएको छ भने पाँचवटा एक्सन क्यामेरासमेत खरिद गरेको छ । एक्सन क्यामेरा ट्राफिक प्रहरीको शरीरमा हुनेछ, जसले लेन अनुशासनलगायत अन्य ट्राफिक नियम मिचेको भिडियो तथा फोटो खिच्दछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।