0 COMMENTS

makai-maze-seedधादिङ २०७२/११/१० जिल्ला कृषि विकास कार्यलय धादिङले भूकम्प प्रभावित धादिङका किसानहरुलाई साढे २३ हजार किलो मकैको बीउ वितरण गरेको छ । कार्यलयले विभिन्न सेवा केन्द्रहरु मार्फत वितरण गरेको हो ।

किसानहरुलाई सजिलो होस् भन्ने उद्देश्यले संचालन गरिएको कृषि सेवा केन्द्र नौबिसे, सुनौलाबजार, मैदी, दार्खा, त्रिपुरेश्वर र गजुरी तथा कृषि सेवा सम्पर्क केन्द्र बेनिघाट, नीलकण्ठ र आरुघाट मार्फत किसानहरुलाई बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यलय धादिले जनाएको छ ।

जिल्लाको फूलखर्क, सल्यानटार र मुलपानी गाविसहरुमा सिड्स धादिङ र साहस नेपालको साझेदारीमा वितरण गरिएको हो ।

खेत तथा बारीमा मकैको बीउ लगाउने समय पारेर कृषि कार्यलयले रामकोट, कम्पोजिट जातको मकैको बीउ प्रदान गरेको हो । धादिङमा किसानहरुले अरुण, मनकामना, देउती, सीतला लगायतका अन्य विभिन्न जातको मकैको बीउ लगाउने गरेको पाइन्छ ।

प्रत्येक किसानलाई ३ किलोदेखि ५ किलोसम्म मकैको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यलय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले जानकारी दिए । कृषि विकास कार्यलयले विभिन्न जातका बीउहरु वितरण गर्न थालेपछि धादिङका किसानहरु सामुहिक खेती तर्फ आकर्षिक भएका छन् ।

अघिल्लो वर्ष जिल्लाको २३ हजार हेक्टर जमिनमा मकै लगाइएकोमा ३८ मेट्रिकटन उत्पादन गरिएको थियो । यस वर्ष त्यो भन्दा बढी उत्पादन गराउने लक्ष्य स्वरुप वितरण गरिएको कार्यलयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।