0 COMMENTS

metro_sevillaकाठमाडौं, १० चैत । केरुङदेखि नेपालको लुम्विनीसम्म रेलमार्ग निर्माण गर्न चीन सरकार सहमत भएको छ । साता ब्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्गको प्रस्ताव गरेका थिए । नेपाली पक्षको प्रस्तावलाई स्वीकार गर्दै चीन सरकारले राजधानी काठमाडौं, पोखरा हुँदै लुम्विनीसम्म रेल मार्ग बनाउन सहमत भएको छ ।

रेलमार्गबाट पूर्ण बाहिर रहेको नेपाललाई रेलमार्गबाट जोड्न चीन सहमत भएपछि आशाका किरणहरु पलाएका छन् । चीनसँगै भारतले पनि नेपाललाई रेलमार्गको विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बर्दिवास, नेपालगन्जबाट, रक्सौलबाट रेलमार्गले जोड्ने भारत सरकार सहमत भएको छ ।

चीन र भारत दुवैले नेपालमा रेल सेवा विस्तार गर्न प्रतिस्पर्धा नै गर्ने भएका छन् । दुवै देशको प्रतिस्पर्धाले नेपालमा रेल सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै देशलाई रेल सेवाबाट जोड्न प्रस्ताव गरेका थिए । दुवै देशले रेल रेवाबाट जोड्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।