0 COMMENTS

 baburamकाठमाण्डाै २०७२/११/१० बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति नेपाल पूर्णरुपले राजनीतिक पार्टीका रुपमा स्थापना नै नभई फुटको संघारमा पुग्न लागेको छ भन्दा सायदै कसैले पत्याउँला ! तर, वैधानिक रुपले पार्टीको रुप धारणा नगर्नै बाबुराम स्वयंकै कारण यसभित्र विभाजनको बीउ रोपिएको हो । माओवाद र जनवादलाई अआधार मानी लडिएको जनयुद्धको जगमा खडा गरिएको पार्टीमा बाबुराम स्वयंका कारण केही पाखा र केही काखा भएका जनआस्था साप्ताहिकमा खबर छ । परिषद्का निर्णायक बैठकमा जनयुद्धको पृष्ठभूमिबाट आएका नेतालाई बाबुरामले आफ्ना कुरा राख्न अवरोध गर्ने गरेका छन् । उनीहरुलाई न सार्वजनिक एक्सपोजर हुने खालका जिम्मेवारी दिइएको छ न त पार्टीका विभिन्न आन्तरिक बैठक र कार्यक्रममै स्थापित हुन सक्ने गरी प्रस्तुत हुनै दिइएको छ । बाबुराम नै मुलुकका भाग्य र अविष्य निर्माण गर्न सक्ने एक मात्र व्यक्तित्व भहुन् भनी जीवनभरको आदर्श वामपन्थलाई एकाएक तिलान्जली दिएर आएका पूर्वएमाओवादी केद्रीय नेता अहिले यता न उताका भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।