0 COMMENTS

tatopani2काठमाडौं, ८ चैत । विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न चीन सहमत भएको छ । नेपाल र चीनको मुख्य ब्यापारिक नाका तातोपानी खोल्न चीनिया पक्ष सहमत भएको भ्रमण दलका रहेका एमाले नेता रविन्द्र अधिकारीले बताएका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तातोपानी नाका खोल्न चीनसँग प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथी चीनले सहमति जनाएको अधिकारीले बताए । नाका खोल्ने बिषयमा चीनिया राष्ट्रपति र प्रधानमन्त्री ओलीको संयुक्त बिज्ञप्तीमा आउने भएको छ ।
तातोपानी नाका नजिकका बासिन्दाहरु फ्रि तिब्बत मुभमेन्टमा लागेको अनुमान गर्दै चीन सरकारले नाका खोल्न आनाकानी गरिरहेको थियो । त्यहाँका बासिन्दालाई सिगात्से सारेर चीनका बासिन्दालाई त्यहाँ ल्याउन चीनले चाहेको छ । फ्रि तिब्वत गतिविधिको आशंकामा चीनले नाका खोल्न असहमति जनाइरहेका बेला नेपालका तर्फबाट प्रतिवद्धता जनाएपछि सहमत भएको हो ।
नाका बन्द भएपछि नेपाल–चीनबीचको कारोबारमा निकै समस्या आएको थियो । चीनियाँ समानहरु भारतको बाटो ल्याउनु पर्ने बाध्यता रहेको छ ।यस काठमाण्डाै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।