0 COMMENTS

China_flagकाठमाडौं, चैत ८ – नेपाल र चीनबिच पारवहन, स्वतन्त्र व्यापार लगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको छ । सोमबार बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा दुई देशका अधिकारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नेपालका ३२ हजार घर धुरीमा सौर्य उर्जा जडानमा चीनले सहयोग गर्ने, पोखरा विमानस्थल निर्माणको लागि ऋण उपलब्ध गराउने, सुविधायुक्त रेल सेवा, नेपालमा इन्धन उत्खनन्को सम्भाव्यता, तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा पुल निर्माण लगायतका विषयमा सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । दुई देशका प्रधानमन्त्रीबिच वार्ता भएपछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।