0 COMMENTS

ncकाठमाडौं, ५ चैत । नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्र, नेपाल बिद्यार्थी संघ र तरुण दलको निर्वाचनका बिषयमा छलफल हुने भएको छ । झण्डै १२ बर्षदेखि हुन नसकेको नेपाल बिद्यार्थी संघ र तरुण दलको निर्वाचन गर्ने बिषयमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा प्रस्ताव राख्ने भएका छन् ।लामो समयसम्म बिद्यार्थी संघ र तरुण दलको निर्वाचन हुन नसक्दा पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमै दाग लागेको ठम्याई सभापति देउवाको रहेको छ ।

‘महाधिबेशनपछि बनेको नयाँ केन्द्रीय समितिको पहिलो बैठकमा नेविसंघ र तरुण दलको महाधिवेशनका बिषयमा छलफल गर्ने तयारी भएको छ’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने । पाँच पटक निर्वाचनको मिति तोक्दा पनि नेपाल बिद्यार्थी संघको निर्वाचन हुन सकेको थिएन । तयारी नपुगेको भन्दै अघिल्लो कार्यसमितिले स्थगित गर्दै आएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसको युवक संगठन नेपाल तरुण दलको निर्वाचन पनि झण्डै १० बर्षदेखि हुन सकेको छैन । तरण दलको महाधिबेशन गर्ने बिषयले पनि पहिलो केन्द्रीय समितिमा प्रवेश पाउने भएको छ । सवै भात्रृ संगठनका महाधिबेशन गरी पार्टीलाई लोकतान्त्रिक अभ्यासबाट अगाडी लिने योजना देउवाले बनाएका छन् ।

देउवा सभापति भएपछि बस्ने लागेको पहिलो केन्द्रीय समितिमा हिन्दुराष्ट्रको एजेण्डाले पनि प्रवेश पाउने भएको छ । महाधिबेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा भारी मतबाट बिजयी भएका नेता खुमबहादुर खड्काले हिन्दुराष्ट्रको प्रस्ताव राख्ने भएका छन् । हिन्दुराष्ट्र पुनस्थापना जागरण अभियानका संयोजक समेत रहेका खड्काले महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सवैभन्दा बढि मत ल्याएर बिजयी भएका डा. शेखर कोइरालासँग विहीबार हिन्दुराष्ट्रको एजेण्डा लिने बिषयमा छलफल गरेका छन् ।

नेपाली कांग्रेसको नयाँ केन्द्रीय समितिमा बहुमत सदस्यहरु हिन्दुराष्ट्रको पक्षमा छन् । खड्काले हिन्दुराष्ट्रका पक्षमा बहुमत हुने देखेपछि केन्द्रीय समितिमा ऐजेण्डा लिन लागेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसको आजको केन्द्रीय समिति बैठकमा मनोनित उपसभापति र महामन्त्रीका बिषयमा पनि छलफल हुने नेता खाँडले बताए । उपसभापतिमा खुमबहादुर खड्का, डा. शेखर कोइराला र विमलेन्द्र निधिको दावी रहेको छ ।यस काठमाण्डाै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।