0 COMMENTS

 

patrolकाठमाडौं, चैत ३ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम र विराट पेट्रोलियम कम्पनीबिच भएको सम्झौता छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी दर्ता गरेको छ ।

अनेरास्ववियुले आयल निगममा भएको भ्रष्टाचार, कमिसनका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करलाई ध्यानाकर्षण समेत गराएको छ । विराट कम्पनीले प्रचलित मूल्य भन्दा ३० रुपैयाँ बढी लिएर पाँच दिनसम्म पेट्रोल बेच्दा संकलन भएको साढे ४ करोड रुपैयाँभन्दा बढी रकम राज्यकोषमा जम्मा गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।

प्रवक्ता पुस्करले नियम मिचेर गरिने काम कारबाही तथा उपभोक्तालाई मर्कापर्ने काम गर्ने निकायलाई छानबिन गरी कानुनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको संगठनका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।