0 COMMENTS

sherBahadur_Deubaकाठमाडौँ, ३ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाधिवेशन सकिएलगत्तै संसदीय दलको नेता छनोट गर्ने कार्यलाई अघि बढाउने भएको छ । शुसील कोइरालाको निधनसँगै रिक्त भएको संसदीय दलको नेतामा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले नै दाबी गर्ने भएका छन् । कांग्रेसभित्र सहमतिमा संसदीय दलको नेता छनोट हुने सम्भावना न्यून छ ।

संसदीय दलको नेता नहुँदा कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न मात्र होइन संवैधानिक परिषद्को कामकारबाहीमा समेत प्रभाव परेको छ ।

कांग्रेस नेता पूर्णबहादुर खड्काका अनुसार ढिलोमा एक महिनाभित्र संसदीय दलको नेता चयनका साथै संसदीय दलको कार्यसमिति पनि गठन हुनेछ । साथै, नवनिर्वाचित सभापति देउवाले केन्द्रीय कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरुको मनोनयन पनि छिट्टै गर्ने तयारी गरेका छन् । समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।