0 COMMENTS

khum-Bhadur-Khadka-116x73चैत २, काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा खुमबहादुर खड्का किङ मेकर बनेका छन् ।

खड्काले आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भएका छन् । सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पाभुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्का निकट हुन्। उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालापछि २ कम मत ल्याएर दोस्रो बने ।

५ सदस्यसँगै खड्काले आफूले दाबी गरेको पदलाई लिएर शेरबहादुर देउवासँग बार्गेनिङ गर्ने पनि देखिएको छ । देउवालाई उपसभापतिदेखि, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न बहुमत चाहिन्छ । अहिले खुमबहादुरनिकटकासहित देउवा पक्षमा ३६ जना छन् ।

पौडेल पक्षमा २८ जना छन् । खुमबहादुरले असन्तुष्ट भई क्याम्प परिवर्तन गरे देउवाले बहुमत गुमाउनेछन् । यस्तामो खुमबहादुरले मागेका पद दिन देउवा बाध्य हुने देखिएको छ । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।