0 COMMENTS

newsकाठमाडौं, फागुन ३० – पक्राउ परेका एकीकृत नेकपा माओवादीका सांसद ल्यारकाल लामालाई ५ दिन थुनामा राख्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

लामाको लकरमा १४ राउण्ड गोली भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विक्रमसिंह थापाले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गमा रहेको लामाको लकर खोल्दा सुनचाँदी राख्ने ठाउँमा गोली भेटिएको थियो । लकर खोल्न अख्तियारको टोलीसँगै बैंक पुगेका लामालाई गोली भेटिएपछि प्रहरीले त्यहिँ पक्रेको हो ।

अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले लामामाथि छानविन भइरहकाले छानविनकै क्रममा लामाको लकर जाँच गर्दा गोली भेटिएको प्रहरीले जनाएको छ ।

दोहोरो नागरिकता लगायत विषयमा पटकपटक विवादमा आउने गरेका लामा झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला अर्थ राज्यमन्त्री बनेका थिए । लामासँग तिब्बती शरणार्थीको परिचय पत्र र भारतीय राहदानी समेत रहेको समाचार यसअघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।