0 COMMENTS

arrest1काठमाडौं, फागुन ३० –  पित्ततलको पहेलो धातु बाट बनेकाे  बुद्धको मुर्तिलार्ई सुनको मुर्ति हो भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको कुमारी ६ बस्ने प्रदिप बिक र काभ्रेपलाञ्चोक घर भई काठमाडौंको कपन बस्ने सन्तोष खरेल छन् ।

उनीहरुले जिल्ला काठमाडौं चन्द्रगिरी नगरपालिका १० थानकोट बस्ने भुवन सुनारलाई पहेलो धातुको मुर्ति १२ लाख ७० हजारमा बेचेको प्रहरीले जनाएको छ ।

भुवनलाई ठगेको आरोपमा नुवाकोट कुमारी ६ घर भई काठमाडौंको मातातिर्थ बस्ने दिपक सुनार र मिनबहादुर क्षेत्री फागुन ५ गते नै पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा प्रहरीले प्रदिप र सन्तोषलाई पक्रेको हो ।

थानकोटका भुवन सुनारलाई उहाँकै पसलमा पुगेर दिपक सुनारसहितका व्यक्तिले आफूहरुसँग १ करोड रुपैयाँ पर्ने बुद्धको मुर्ति छ, पैसाको खाँचो परेकाले १५ लाखमै दिन्छौं भनेका थिए ।

उनीहरुले मुर्तिको केहि भागमा सुनको अंश राखेको सुन ब्यापारीसमेत रहेका सुनारलाई विश्वासमा पारेर सुनको अंश भएकै ठाउँको अंश परिक्षण गर्न दिएर मुर्ति सुनको भएको विश्वास दिलाएका थिए । तर पछि दिपकले परिक्षण गर्दा मुर्ति सुनको नभएको पत्ता लागेपछि प्रहरीमा उजुरी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।