0 COMMENTS

ncकाठमाडौं, फागुन ३० । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् । शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै देखिएको छ ।

कांग्रेसभित्रै छुट्टै गुट बनाएका गोबिन्दराज जोशी, विनयध्वज चन्द २५ मा पर्न नसक्ने सम्भावना बढ्दै गएको छ । जोशीको सम्भावना न्यून देखिए पनि चन्द २५ भित्र पर्ने सम्भावना पूरै टरेको छ । शनिबार सम्मको मतगणना अनुसार जोशी ३२ औ र चन्द ५३औं स्थानमा रहेका छन् ।

पूर्वसभामुख तारानाथ रानाभाट पनि २५ मा नपर्ने सम्भावना देखिएको छ, उनी ३५औं स्थानमा छन् । कांग्रेसका चर्चित अनुहार एवं पूर्वमन्त्री चिरन्जीवी वाग्ले, तरुण दलका अध्यक्ष एवं ललितपुरका सांसद उदयशमशेर राणा, मनमोहन भट्टराई पनि मतगणनामा पछि परेका छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।