0 COMMENTS

फलेवास (पर्वत), फागुन २८ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
पर्वत जिल्लाको आठाैँ जिल्ला परिषद्को शुक्रबार उद्घाटन गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले नेपाली काँग्रेस पनि यही सरकारमा सहभागी भएर राष्ट्रिय सरकार गठन हुने बताए ।

विगतमा काँग्रेसकै कमजोरीका कारण सहमतीय सरकार बन्न नसकेको बताउँदै उनले सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताए । उपप्रधानमन्त्री केसीले काँग्रेसको महाधिवेशन पछि सरकार ढल्छ भन्ने हल्ला निराधार भएको ठोकुवा गरे । उनले यही सरकारसँग मुलुकलाई अघि लैजाने सामर्थ्य भएकाले नयाँ सरकारको आवश्यकता नरहेको स्पष्ट पारे ।

अर्को प्रशङ्गमा मन्त्री केसीले आफूले सङ्घीयतालाई बिर्सेर उपप्रधानमन्त्री नभएको बताए । उनले सङ्घीयता नेपालका लागि घाडो हुने भएकाले सङ्घीयताका मामलामा रुमलिनु भन्दा भूकम्पपीडित जनताको आँशु पुछ्ने कामतर्फ लाग्न दललाई आग्रह गरे । परिषद्को उद्घाटनमा सांसद् अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागार्इँलगायत मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।