0 COMMENTS

China_flagकाठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।

नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल लगेर प्रशोधन गर्न सुझाव दिएको छ । त्यसका लागि पाइपलाइनमार्फत कच्चा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिबद्धता छ ।

चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटक-पटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् ।

चारपटकसम्म चीन पुगेका आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको बताए ।

कल्पना नै नगरेको प्रस्ताव चीनले गरेपछि यस विषयमा सरकारले कुनै चासो दिएको छैन । कच्च तेल ओसारेर प्रशोधन गर्न लागतका हिसाबले पनि निकै महंगो पर्ने उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।