0 COMMENTS

madesi-morcha-638x330-340x176काठमाडौं, फागुन २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका सरकार र मोर्चाबिच भएको बैठकमा उहाँले तराईको आन्दोलनका क्रममा सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च एकमुष्ट दिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले निष्पक्ष न्यायिक छानबिन आयोग गठन गर्ने, आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने र मोर्चाको राजनीतिक मुद्दाका विषयमा अर्को बैठक बसेर निष्कर्ष निकाल्ने बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

आयोगको गठन तथा मुद्दा फिर्ता लिने मागका बारेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल र नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बसेर छलफल गर्ने निर्णय पनि भएको छ ।

बैठकमा मोर्चामा आबद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, मनिष सुमनलगायतका नेता सहभागी हुनुहुन्थ्यो । मोर्चाका नेताले प्रधानमन्त्री ओलीलाई सातबुँदे ध्यानाकर्षणपत्र बुझाउएका थिए ।

मोर्चाले बुझाएको ध्याकर्षणपत्रमा संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग गठन, मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुनर्निर्माण, कालोबजारी अन्त्य र आन्दोलन अवधिभरको कर मिनाहा गर्नुपर्ने लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।